ल्याइदिएको खोप,लगाइरहेको फोटो खिचेर अघिल्लो सरकार गयो, हामीले खोप दिन थाल्यौं भनेर तमासा सुरु हुनेछ — OSNepal

ल्याइदिएको खोप,लगाइरहेको फोटो खिचेर अघिल्लो सरकार गयो, हामीले खोप दिन थाल्यौं भनेर तमासा सुरु हुनेछ

LC (KTM) July 13, 2021 0

काठमाडौँ २९ असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार कोरोनाको नियन्त्रण गर्न सफल भएको बताएका छन् । आज सरकारबाट बाहिरिँदै गर्दा आफूले सबै नेपालीलाई खोप सुनिश्चित गर्न सफल भएको बताएका हुन् ।

अब नेपाल नेपालीलाई खोपको अभाव छैन भन्दै ओलीले अब भोलीबाट नै खोप नयाँ सरकारले ल्याएको भनेर दावी गर्ने बताएका छन् ।

‘मलाई थाहा छ । भरे वा भोलि विहानबाट ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो खिचेर अघिल्लो सरकार गयो,हामीले खोप दिन थाल्यौं भनेर तमासा सुरु हुनेछ’ सम्बोधनका क्रममा ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर