जाँदा जाँदै ओलीले भने- जनताको बिचमा जान नसक्ने विपक्षीबाट आफुलाई हटाइयो — OSNepal

जाँदा जाँदै ओलीले भने- जनताको बिचमा जान नसक्ने विपक्षीबाट आफुलाई हटाइयो

LC (KTM) July 13, 2021 0

काठमाडौँ २९ असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट जाँदा जाँदै प्रतिनिधिसभा अगाडि बढ्ने विषयमा शंका गरेका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिने लाग्दा ओलीले अब लोकतान्त्रिक प्रणाली कमजोर हुँदै जाने र आगामी सरकार र निर्वाचनको बारेमा समेत आफुलाई शंका लागेको बताएका छन् ।

आज प्रधानमन्त्री पदबाट राजीनामा दिने तयारी गरेका ओलीले माधव नेपाललाई संकेत गर्दै आफ्नै पार्टीको सरकार ढाल्न विपक्षीलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको बताएका छन् । ‘आफ्नो खेलाडीको खुट्टामा बल दिनु पर्नेमा विपक्षीको खुट्टामा बल दिन्छ, आफूले गोल रोक्नु पर्नेमा गोल गरिदिन्छ’ सम्बोधनमा ओलीले भने ।

आफुलाई जनताको मत र विश्वास रहेको दावी गरेका ओलीले जनताको बिचमा जान नसक्नेहरुले अदालतको सहयोगमा आफुलाई हटाएको आरोप समेत लगाएका छन् । सम्मानित अदालतबाट प्रधानमन्त्री हटाइयो, प्रधानमन्त्री बनाइयो,यसका लागि अवैध गठबन्धन बनाउन पुग्यो’ ओलीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर