ओलीको दृढता :अहिले एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछ — OSNepal

ओलीको दृढता :अहिले एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछ

LC (KTM) July 13, 2021 0

काडमाडौं २९ असार । निर्वतमान प्रधानमन्त्री तथा नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीले सिंहदरबारबाट आज देशवासीको नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री पदबाट राजीना दिने लागेका ओली आजै आफ्नो निजी निवास बालकोट जाने तयारी रहेको छ ।

सर्वोच्चले हिजो शेरबहादुर देउवाको नाममा परमादेश जारी गरेपछि प्रधानमन्त्री पदबाट मुक्त भएका ओलीले आज देशवासीको नाममा सम्बोधन गरेका हुन् । उनले सम्बोधनका क्रममा आफ्नो तिन वर्षको सरकार सफल भएको पनि बताएका छन् । आफ्नै पार्टी केहि नेताहरुले विपक्षीलाई साथ दिँदा आफु हट्नु परेको गुनासो गरेका ओली सम्बोधनको अन्तिममा भने, ‘अहिले एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछ ।’

सुर्यको प्रकाशलाई कसैले पनि छेक्न नसक्ने भएकाले आफ्नो पार्टी सधैँ नेपाल र नेपाली जनतालाई समृद्ध बनाउने अभियानमा एकढिक्क भएर अघि बढ्ने दावी गरेका छन् । आफुलाई सरकारबाट हटाइएपनि आफ्नो सरकारले ऐतिहासिक काम गरेको बताएकाख छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर