कारको कर नतिरेको आरोपमा तमिल सुपरस्टार थलापति बिजय लाई अदालतद्धारा १ लाख जरिवाना — OSNepal

कारको कर नतिरेको आरोपमा तमिल सुपरस्टार थलापति बिजय लाई अदालतद्धारा १ लाख जरिवाना

LC (KTM) July 13, 2021 0

कारको कर नतिरेपछि तमिल फिल्मका सुपरस्टार थलापति बिजय अदालतको झमेलामा फसेका छन् । उनी माथि अदालतले १ लाख रुपैया जरिवानाको फैसला सुनाएको हो । उनले बिलासी कार रोल्स रोयस घोस्टको इन्ट्री ट्याक्स नतिरेको आरोपमा अदालतले उक्त जरिवाना तोकेको हो ।

मद्रास उच्च अदालतका न्यायधिस एसएम सुब्रमण्यमले विजयमाथि यो आदेश दिदै फिल्ममा काम गर्ने हिरोबाट यस्तो आशा गर्न नसकिने बताएका छन् । न्यायधिस सुब्रमण्यमले पर्दाको हिरो रियल लाईफको हिरो भएको भन्दै उनले गरेका यस्ता हर्कतहरुले पब्लिकमा राम्रो सन्देश नजाने बताएका छन् ।

वास्तविक जीवनमा उनी आफैं कर छलीमा लाग्नु मान्य कुरा नभएको उनले बताएका छन् । अदालतको आदेशमा भनिएको छ – फिल्ममा काम गर्ने हिरोबाट कर छलीको आशा गर्न सकिन्न, किनकी यो व्यवहार राष्ट्रविरोधी र असंवैधानिक हो। बिजयलाई अदालतले २ साता भित्र कर तिर्न आदेश दिएको हो ।

विजयले आफ्नो कारको मूल्यको २० प्रतिशत आयातित कर तिर्नुपर्नेछ । अदालतले जरिवाना बापत तोकेको रकम तमिलनाडु मुख्यमन्त्री कोभिड रिलीफ फण्डमा जम्मा गरिने पनि जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर