हेटौँडा प्रहरीले भारतीय दुई गाडीलाई चेक जाच गर्दा — OSNepal

हेटौँडा प्रहरीले भारतीय दुई गाडीलाई चेक जाच गर्दा

LC (KTM) July 14, 2021 0

वाग्मती, ३० असार- प्रहरीले एक सय ६९ किलोग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हेटौँडा–१५ रातोमाटेस्थित चेकपोष्ट नजिक प्रहरीले आज बिहान जाँच गर्दा बिआर–१ जिजी ९४९५ नम्बरको भारतीय गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका अनुसार गाँजासहित पक्राउ परेका दुई भारतीय तथा गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ । पक्राउ पर्नेमा उक्त गाडीका चालक भारत मोतीहारीका ३० वर्षीय रवीन्द्र राय र सहचालक सोही ठाउँका ३१ वर्षीय मुक्तार सैफिक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर