'ए साथी सुन'को लिरिकल गीत सार्वजनिक, फिल्म आगामी जेष्ठ ५ गते रिलिज हुने — OSNepal

‘ए साथी सुन’को लिरिकल गीत सार्वजनिक, फिल्म आगामी जेष्ठ ५ गते रिलिज हुने

LC (KTM) May 01, 2023 0

स्याड भर्सनमा तयार पारिएको गीतमा सिनेमाका मुख्य कलाकार बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँको केही चल अचल दृश्यहरु समावेश गरिएको छ । सिनेमाको सार्वजनिक लिरिकल मनले भन्छ बोलको गीतमा हर्क साउँदको शब्द रचना तथा उज्वल सागरको संगीत र स्वर सुन्न सकिन्छ ।

लभस्टोरी, थ्रीलर र कमेडी जानराको सिनेमामा बर्षा र रमेशका अलवा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा सिनेमामा अभिनय गरेका छन् । ‘ए साथी सुन’ जयनन्द लामा अभिनित अन्तिम सिनेमा समेत हो ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह९निर्मातामा सुदीप पौडेल छन् । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर