व्यवसायी विजय कार्कीको मोडलिङमा डेब्यू, हेर्नुहोस् भिडियो — OSNepal

व्यवसायी विजय कार्कीको मोडलिङमा डेब्यू, हेर्नुहोस् भिडियो

LC (KTM) May 02, 2023 0

व्यवसायी विजय कार्कीले कभर गीतबाट मोडलिङमा डेब्यू गरेका छन् । रेबल क्रिएशनले भारतीय पाश्र्व गायक मुकेशको पुरानो चर्चित गीत ‘कही दुर जब दिन ढलजाए’माथि निर्माण गरेको कभर गीतमा कार्कीले अभिनय गरेका हुन् ।

कभर गीतमा गायिका जमुना शर्माले स्वर दिएकी छिन् । विभोर पोखरेलले निर्देशन गरेको कभर भिडियामा विजय गायिका जमुनासँगै फिचर्ड छन् । विजय चर्चित गीत ‘तिम्रो मायाले बाँधेर राख’ का गायक श्याम कार्कीका भाई हुन् ।

कला–संगीतप्रतिको दाइको अनुरागका कारण आफू मोडलिङ तर्फबाट आकर्षित भएको विजय बताउँछन् । ‘सानैदेखि सिनेमा हेर्न र गीत सुन्न खुब रुचाउँथे,’ उनले भने, ‘त्यसमाथि घरमै दाईको संगीत रियाज । अझ शाहरुख खानको फिल्म भनेपछि हेर्नै नछुटाउने । सायद मेरो वरिपरिका यिनै परिवेश र स्वभावका कारण ममा कलाकारिताको हुटहुटी थियो । तर, व्यवसायमा लागेका कारण यता ढिलो भयो । ढिलै भएपनि आफूभित्रको अभियन रहर प्रष्फुटन गर्ने प्रयत्न गरेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर