कोरोना महामारीका बिच अष्ट्रेलिया–भारत उडान पुनः सुरु गरिने — OSNepal

कोरोना महामारीका बिच अष्ट्रेलिया–भारत उडान पुनः सुरु गरिने

LC (KTM) May 14, 2021 0

क्यानबेरा, ३१ बैशाख – भारतबाट अष्ट्रेलियाका लागि हुने उडानका लागि अस्थायी रूपमा लगाइएको रोक मे १४ को मध्यरातदेखि सञ्चालनमा आउने प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार बताउनुभएको छ । यसका लागि उडानपूर्व कोभिड–१९ नियनत्रणका लागि अपनाउनुपर्ने नियमको कडा रूपमा पालना गर्नुपर्नेछ ।

अष्ट्रेलिया सरकारले व्यवसायिक उडानहरूमा कडाइका साथ नियमको पालना गर्ने शर्तमा उडानहरूलाई सञ्चालनमा ल्याइने भएको हो । अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले फेसबुक पोस्टमार्फत् उक्त जानकारी गराउनुभएको छ । पोष्टमा भनिएको छ, “आज मध्यरातदेखि भारतबाट अष्ट्रेलियाको लागि हुने उडानमा लगाइएको अस्थायी विराम अन्त्य भएको छ ।”

अष्ट्रेलियाली सरकारले भारतलाई कोभिड–१९ सुरक्षाका लागि गरेको आग्रह अनुसार गर्ने भारतीय पक्षको आश्वासनपछि उडानलाई पुनः सञ्चालनमा ल्याइने भएको हो ।
भारतमा कोभिड–१९ को सङ्क्रमण बढेपछि मे ३ देखि उडानमा प्रतिबन्ध लगाइएको थियो । अष्ट्रेलियाले १४ दिन पहिले भारतमा रहेका आफ्ना नागरिकसमेत सरकारको निर्देशन विपरित अष्ट्रेलिया गएमा उनीहरूले सङ्क्रामक रोग नियन्त्रण नियम अनुसार जेल वा जरिवाना तिर्नुपर्ने बताइएको थियो । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर