बरिष्ठ गीतकार हिरा काजी थापाको 'पर्खी बस'मा बिजय पुन र मनिषाको धमाकेदार अभिनय — OSNepal

बरिष्ठ गीतकार हिरा काजी थापाको ‘पर्खी बस’मा बिजय पुन र मनिषाको धमाकेदार अभिनय

LC (KTM) May 05, 2023 0

काठमाडौँ – बरिष्ठ गीतकार हिरा काजी थापाको शब्दमा तयार ‘पर्खी बस’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बेलायतबाट भर्चुअल माध्यमबाट करिब दर्जन भिडियो निर्देशन गरिसकेका निर्देशक थापा नेपालमा नै आएको समयमा निरन्तर भिडियो निर्देशनलाई निरन्तरता दिइरहेका बेला पर्खी बस बोलको गीतको भिडियो बजारमा आएको हो ।

जसमा पछिल्लो पुस्ताका लोकप्रिय मोडलद्धय बिजय पुन मगर र मनिषा लामाको अभिनय रहेको छ । भिडियोले आफ्नो मायालुलाई पर्खी बसेकी प्रेमीकाको त्याग र चोखो मायालाई देखाएको छ । एक प्रेमील जोडीको चोखो मायाले भरिएको भिडियोको निर्देशन पनि गीतकार थापाले नै गरेका हुन् भने भिडियोको कोरियोग्राफी प्रमोद कुमार भण्डारीले गरेका हुन् । सार्वजनिक गीतमा नृत्य निर्देशक भण्डारी एडभाइजरका रुपमा रहेका छन् ।

जसमा स्वर गायक रमेश सापकोटाको रहेको छ भने संगीत बरिष्ठ गायक तथा संगीतकार बिक्रम थापाको रहेको छ । कुशिल सिंहको एरेन्ज रहेको गीतमा किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

भिडियोको छायांकन देव दोर्जे लामाले गरेका हुन् भने भिडियोको सम्पादन र कलरिङ नबिन निरौलाले गरेका हुन् । दर्जन बढी गीतहरु बजारमा ल्याइसकेका निर्देशक थापाका आधा दर्जन बढी भिडियो रिलिजको क्रममा रहेका छन् । सार्वजनिक गीत निर्देशक थापाकै अफिसियल च्यानल ह्याङ इन्टटेन्मेन्ट युट्युव च्यानल मार्फत बजारमा आएको हो । हेर्नुहोस् यो रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर