मनोरथ कटेल 'नन्दु' र कमलाको सहकार्यमा तयार भयो 'तिम्रो यादमा' बोलको गजल — OSNepal

मनोरथ कटेल ‘नन्दु’ र कमलाको सहकार्यमा तयार भयो ‘तिम्रो यादमा’ बोलको गजल

LC (KTM) May 07, 2023 0

काठमाडौं । तिम्रो यादमा बोलको गजलको भिडियो रिलिज गरिएको छ । मनोरथ कटेल ‘नन्दु’को शब्द रहेको गजलमा योगेश काजी शाहको स्वर रहेको छ ।

गायक स्वयमकै संगीत तथा एरेन्ज रहेको सार्वजनिक गजलले प्रेम वियोगमा एउटा प्रेमी मनले भोगेको विरहलाई केलाएको छ ।

पवन बिकको मिक्सिगं र मास्टरिगं रहेको गजलमा गायक स्वयम नै फिचर्ड छन् । अनिल के मानन्धरको निर्देशनमा तयार भएको भिडियोको छायांकन निर्देशक स्वयमले गरेका हुन् भने भिडियोको सम्पादन दिनशन शाहले गरेका हुन् । भिडियोको निर्माण कमला कटेलले गरेकी हुन् ।

अमेरिकामा रहेका गीतकार ‘नन्दु’का यसअघि ‘आमा’ र ‘कहाँ पुगे साथीभाई’ बोलका दुई वटा गीतहरु बजारमा आइसकेका छन् ।

गीतकार ‘नन्दु’ले गजलका अलावा, गीत, कविता लेख्न रुचाउँछन् । उनले मोटीभेसनल स्पिच पनि दिँदै आएका छन् । डेढ दशक अघि अमेरिका गएका नन्दु प्यानसिलभेनियाको पिट्सबर्गमा रियल स्टेटको कारोबार गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर