४५ दिनसम्म लद्दाखमा बसेका आमिरलाई लाग्यो यस्तो गम्भिर आरोप — OSNepal

४५ दिनसम्म लद्दाखमा बसेका आमिरलाई लाग्यो यस्तो गम्भिर आरोप

LC (KTM) July 15, 2021 0

काठमाडौं । बलिउड चर्चित अभिनेता आमिर खान पछिल्ला दिनमा पारिवारिक तनावका कारण लामो समय मिडियामा छाए । हिट फिल्म दिन सक्ने अभिनेताको छवी बनाएता पनि उनले आफ्नो परिवार राम्ररी चलाउन नसकेको आरोप लागिरहेका बेला उनी हालै लद्दाखबाट फर्किएका छन् । फिल्म ‘लाल सिंह चड्ढा’ को शुटिङमा रहेका बेला उनी र उनको टिमले उक्त क्षेत्रमा निकै फोहोर गरेको आरोप स्थानीयले लगाएका छन् ।

जसको भिडियो समेत सार्वजनिक भएको छ । भिडियोमा अमिरले उक्त क्षेत्रमा दुर्गन्ध फैलाएको आरोप लागेको छ । उक्त क्षेत्रमा आमिर र उनको टिमले शुटिङमा प्रयोग भएका सामानहरु त्यसै छोडर फोहर गरेर सर सफाई नै नगरी घर फर्किएका थिए ।

जुन कुरा भिडियोमा पनि स्पस्ट देख्न सकिन्छ । आमिर र उनको टिमले गरेको फोहरका कारण उक्त क्षेत्रको वातावरण दुर्गन्धित भएको स्थानीइबासीहरु बताउँछन् । फिल्म शुटिङको लागि टिम उक्त क्षेत्रमा ४५ दिन रहँदा गरेको फोहोर भिडियोमा स्पस्ट देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर