के नायिका कृति सेनन विबाह अगाडी नै गर्भवती बनेकी हुन् ? बढ्यो १५ किलो तौल — OSNepal

के नायिका कृति सेनन विबाह अगाडी नै गर्भवती बनेकी हुन् ? बढ्यो १५ किलो तौल

LC (KTM) July 15, 2021 0

काठमाडौँ । नायिका कृति सेनन गर्भवती बनेकी छिन् । नायिका कृति वास्तविक जीवनमा नभई चलचित्र ‘मीमी’मा एक सरोगेट आमाको भूमिकामा देखिएकी छिन् । अभिनेता पंकज त्रिपाठीसँग देखिएकी अभिनेत्री कृति सेननको कामको जताततै चर्चा भइरहेको छ ।

पहिलोपटक गर्भवती महिलाको भूमिकामा देखिन लागेकी यि सुन्दरी अभिनेत्रीले गर्भवती देखिनकै लागि १५ किलो तौल बढाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । हालैमात्र उनको ट्रान्सफर्मेशनवाला भिडियो सार्वजनिक गरिएको छ ।

जसमा कृतिले आफ्नो तौल बढाउनका लागि के के खानेकुरा खाएको र तौल बढाउनका लागि गरिएका कामहरु देखाइएको छ । भारतीय मिडियाका अनुसार शुरुवाती ३ महिनामा तन्दुरुस्त देखाउनका लागि निर्माण यूनिटले सारा खानेकुरा खुवाएका थिए ।

कृतिका अनुसार आफूले चक्लेट, चिप्स र गुलियोजन्य पदार्थ सबै खाइन् । यो सबै काम गरिरँदा अविबाहित कृतिले आँफुलाई पछि विबाह गरेपछि सजिलो हुने भन्दै समेत जिस्किएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर