तेस्रो पटक प्रधानमन्त्री बनेका केपीलाई बाबुरामको यस्तो कटाक्ष — OSNepal

तेस्रो पटक प्रधानमन्त्री बनेका केपीलाई बाबुरामको यस्तो कटाक्ष

LC (KTM) May 15, 2021 0

प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ ग्रहणका बेला गरेको कार्य निन्दनीय रहेको जसपा नेता बाबुराम भट्टराईले बताएका छन् । ट्विटरमा ट्विट गर्दै उनले यतिबेला छिन्द्रान्वेषी बन्नु उपयुक्त नहुने धारणा राखेका छन् ।

सपथ ग्रहणकै मुख्य अंश छुटाउनु पहिलो गल्ती र राष्ट्रपतिले भनेको नमान्नु दोस्रो गल्ती गरेको बताएका छन् । उनले ट्विट गर्दै लेखेका छन् -यतिबेला छिन्द्रान्वेषी बन्नु उपयुक्त हैन । तर पुर्व प्रमको नाताले भन्नै पर्छ प्रम ओलीले सपथग्रहणको क्रममा गरेको आचरण गरिमामय पद अनुकुल भएन ।

पहिलो प्रतिज्ञा गर्छु भन्ने पदावली शपथग्रहणको मुख्य अंश हो त्यो पर्दैन भन्न मिल्दैन । दोश्रो राष्ट्राध्यक्षलाई त्यसरी अवज्ञा गर्न मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर