'तिमीलाई हेर्ने बानी पर्यो’ मा पलले यसरी उतारे आफ्नै जेल जीवन — OSNepal

‘तिमीलाई हेर्ने बानी पर्यो’ मा पलले यसरी उतारे आफ्नै जेल जीवन

LC (KTM) May 11, 2023 0

काठमाडौँ – अभिनेता पल शाहले आफ्नै जेल जीवनँग सम्बन्धित म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘तिमीलाई हेर्ने बानी प¥यो’ गीतको म्युजिक भिडियोमा उनले उक्त घटना उतारेका हुन् । उनकै अभिनय तथा निर्देशन रहेको भिडियोमा कैदी जीवनदेखि रिहाइसम्मको घटना देखाइएको छ ।

अनु चौधरीको स्वर तथा पुष्प प्रधानको शब्द, संगीत रहेको गीतको एरेन्ज योगेश काजीले गरेका छन् ।पलले हथकडी लगाएकोदेखि उनको रिहाइको कामना गर्दै परिवार, साथीभाइ, विभिन्न धार्मिक समुदायका मानिसहरूले गरेको पूजाआजा र प्रार्थनालाई देखाइएको छ ।

भिडियोमा पलको आमाको भूमिकामा सूर्यमाला खनाल, बुबाको भूमिकामा प्रकाश अधिकारी, बहिनीको भूमिकामा प्रिन्सु तिवारी र प्रेमिकाको भूमिकामा सुनिसा भट्टराईको मर्म श्पर्शी अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर