उपेन्द्र यादवलाई हेरेको हेर्यै बनाए, अब के हुन्छ जसपामा ? — OSNepal

उपेन्द्र यादवलाई हेरेको हेर्यै बनाए, अब के हुन्छ जसपामा ?

LC (KTM) May 15, 2021 0

जनता समाजबादी पार्टी जसपा अहिले दुई धारमा देखिएको छ । पार्टी बिभाजनको औपचारिक घोषणा नभए पनि यस पार्टी भित्रको गतिबिधिहरुले भने पार्टी बिभाजन भईसकेको नै देखाउन थालेको छ । उपेन्द् यादवलाई थाहै नदिई वरिष्ठ नेता राजेन्द्र महतो जसपाको संसदीय दलको नेता चयन भएका छन् । आज पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेको हो ।

ठाकुर महतो पक्षका २० जना सांसदहरुको सहमतीमा महतोलाई संसदीय दलको नेतामा चयन गरिएको हो । यसबारे पार्टीमा कुनै छलफल नभएको यादवले प्रतिक्रिया दिएका छन् ।त्यस्तै जसपाका अध्यक्ष ठाकुरले नेता महतोलाई सामाजिक सञ्जालमा बताई तथा शुभकामना समेत व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर