सुनै सुनको तिलहरीको सफलतापछि गायक प्रदीप कार्कीले बेलायतबाट रिलिज गरे 'तै मायाको' — OSNepal

सुनै सुनको तिलहरीको सफलतापछि गायक प्रदीप कार्कीले बेलायतबाट रिलिज गरे ‘तै मायाको’

LC (KTM) May 12, 2023 0

काठमाडौँ । गायक प्रदीप कार्कीको स्वर रहेको तै मायाको बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द तथा संगीतमा तयार सार्वजनिक गीतमा रिकेश गुरुगंको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सगं तथा मास्टरिगं रहेको छ । एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई भिडियोमा निर्देशक सुनिल क्षेत्रीले कलात्मक शैलीमा देखाएका छन् ।

जिन्दगीमा माया नै माया पनि हुन्छ है भन्ने कुरा देखाइएको भिडियोको कोरियोग्राफी पनि निर्देशक क्षेत्रीले नै गरेका हुन् । जसमा सुनिललाई अलिशा शर्माले अभिनयमा साथ दिएकी छिन् । दुर्गा पौडेलको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

बेलायतमा रहेर पनि कलाकारितामा रमिरहेका गायक कार्कीले यसअघि कति दिन बिते, तिम्रो इच्छा, बाटो छेकेर बग्ने आँशु, यो जिन्दगी, बिचै बाटो, मायालुको छाया, मेरो लाश जलोस्, सुनै सुनको तिलहरी, रंग भन्दा पनि, लगायतका भिडियो बजारमा ल्याइसकेका छन् ।

सार्वजनिक गीतको भिडियो गायक कार्कीको अफिसियल च्यानल प्रदीप कार्कीबाट बजारमा आएको हो । हेर्नुहोस् प्रेम र रोमान्सले भरिएको डान्सिगं शैलीको यो रमाइलो गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर