अमेरिका पठाउने प्रलोभनमा पारेर ठगि गर्ने ओम शाक्य कालीमाटीबाट पक्राउ — OSNepal

अमेरिका पठाउने प्रलोभनमा पारेर ठगि गर्ने ओम शाक्य कालीमाटीबाट पक्राउ

LC (KTM) May 12, 2023 0

काठमाडौं, २९ वैशाख-रोजगारीका लागि अमेरिका पठाइदिने प्रलोभनमा लाखौं रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२० घर भएका ५६ वर्षीय ओम शाक्यलाई बिहीबार कालीमाटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शाक्यले पासाङ ल्हामु शेर्पालाई अमेरिका पठाइदिने भन्दै पटकपटक गरी १५ लाख रुपैयाँ लिएर फरार थिए । उनी रकम बुझेर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । उजुरीका आधारमा खोजतलास गर्दा शाक्यलाई पक्राउ गरेको हो ।

शाक्यलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर