अटेर स्वभावका प्रधानमन्त्री केपी ओली, सपथग्रहणमा नै देखाए पारा, राष्ट्रपतिले पथ खुवाउँदा बोलेको कुरा उच्चारण गर्न नमानेपछि चौतर्फी आलोचना — OSNepal

अटेर स्वभावका प्रधानमन्त्री केपी ओली, सपथग्रहणमा नै देखाए पारा, राष्ट्रपतिले पथ खुवाउँदा बोलेको कुरा उच्चारण गर्न नमानेपछि चौतर्फी आलोचना

LC (KTM) May 15, 2021 0

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै हठ र जिद्धिपन रहेको त सबैलाई थाहा नै छ । उनले चाहेको कुरा अनेक जुक्ति लगाएर भए पनि पाएरै छोड्छन् । उनको जिद्धिपन सपथ ग्रहणमा पनि देखियो । यो बिषय अहिले सर्वत्र चर्चाको बिषय बन्न पुगेको छ । उनी आफु जनता प्रति साँच्चिकै बफदार भएकै कारण त्यो शब्द उच्चारण गर्न मानेन् या त बफदारीता नभएका कारण उनले उच्चारण गरेनन् यो उनी आफै जानुन् । तर राष्ट्रपतिलाई भने सपथ ग्रहणमा अफ्ठ्यारोमै पारिदिए ओलीले ।

ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लिए । नवनियुक्त प्रधानमन्त्री ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेनन् ।

‘म… मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु….’ भन्नुपर्नेमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै उच्चारण नगरेका हुन् । ओलीले उच्चारण नगरेपनि राष्ट्रपति भण्डारीले पुनः दोहोर्‍याएर ‘प्रतिज्ञा गर्छु’ भनेर ओलीलाई ती शब्द उच्चारण गर्न सङ्केत गरेपछि ओलीले राष्ट्रपतिलाई नै उलटै अफ्ठ्यारोमा पारि दिए ।

उनले उल्टै राष्ट्रपति लाई सिकाउँदै ‘त्यो भनिरहनु पर्दैन भने । प्रधानमन्त्रीको त्यस्तो भनाई सुनेर राष्ट्रपति मुस्कुराएकी थिइन् । उनले आफु साँच्चिकै जनता प्रति प्रतिबद्ध छु भन्न खोजेका हुन् या त सत्य काम गर्न प्रतिबद्ध छैन भनेका हुन् भन्ने कुरा उनैले जानुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर