नेपाल खाद्यय् बैंकका अध्यक्ष रामराजा श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे (फोटोफिचरसहित)



नाइजेरियाको ओसुन राज्यको कृषि मन्त्रालय र नेपाल खाद्य बैंक लिमिटेडबीच महत्वपुर्ण सम्झौता भएको छ ।

खाद्य सुरक्षा र कृषिको क्षेत्रबाट मानिसहरु जिवनस्तर उकास्न दुइ राष्ट्रका संस्थाबीच काम गर्ने कुरा उक्त सम्झौतामा उल्लेख गरिएको छ । नाइजेरिकाको खाद्य सुरक्षा तथा कृषि मन्त्रालयमा भएको सम्झौतमा नेपाल खाद्यय् बैंकका अध्यक्ष रामराजा श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौतामा ओसुन राष्ट्रका कमिस्नर एडेकुन्ले इगे, कृषि तथा खाद्य सुरक्षा मन्त्रालयका संयोजन निर्देशक डा.आइस्याक, मन्त्रालयका निर्देशक तेजुदेन अयान्तोए लयागत उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । सम्झौताको विशेष समारोहमा वल्र्ड इन्स्टिच्युट फर पिसका पदाधिकारीहरुको पनि सहभागिता रहेको स्टेट अफ ओसुनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । 

Comment