डा. सञ्जीव गुप्ता सहित ४ जना अमेरिकाको फुलब्राइट स्कलरसिपद्वारा सम्मानित — OSNepal

डा. सञ्जीव गुप्ता सहित ४ जना अमेरिकाको फुलब्राइट स्कलरसिपद्वारा सम्मानित

LC (KTM) May 14, 2023 0

फुलब्राइट स्कलरसिप नेपालबाट क्रमस डा। सञ्जीव गुप्ता, सरिता परियार, शिशिर लामिछाने र रस्मिता सुवालले पाएका छन् । छात्रवृत्ति जित्नेले अमेरिकाका अति उत्कृष्ट विश्वविद्यालय मा अध्ययन गर्न पाउने छन् साथै उनीहरुलाई व्ज्ञ भिजामा अमेरिका पठाइनेछ।

उनीहरुलाई जहाजको टिकट देखि खाना बस्नको सम्पूर्ण सुविधा सहित जनाहि १ लाख डलर अर्थात नेपाली रुपैयाँ १ करोड तीस लाख प्रतिवर्ष पाउनेछन् जुन अमेरिकाका औषध श्रमिक व्यक्तिहरूको तुलनामा झण्डै दोब्बर हो।

डा। सञ्जीव गुप्ता, जसले सामुदायीक अस्पताल स्थापना गरेर नेपालमा स्वास्थ्य सेवाको लागी महत्वपूर्ण भूमिका खेल्नु भएको छ। उहाँ भक्तिवेदान्त हस्पिटलको सि। ई।ओ पनि हुनुहुन्छ।त्यस्तै लेखक तथा अभियन्ता सरिता परियार, नेपाल सरकारका उपसचिव शिशिर लामिछाने, रस्मिता सुवाल नेशनल फरेन्सिक अफिसमा वरिष्ठ वैज्ञानिक अधिकृत को रूपमा कार्यरत हुनु हुन्छ।

फुलब्राइट स्कलरसिप भनेको अमेरिकी सरकारद्वारा विभिन्न देशका अति उत्कृष्ट, समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका, पढाइमा जेहेन्दार व्यक्तिहरुलाई लक्षित गरेर दुई वर्षका लागि दिने छात्रवृत्ति हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर