पूजापाठ गरेर आज बुढानिलकण्ठबाट बालुवाटार सर्दै प्रधानमन्त्री देउवा — OSNepal

पूजापाठ गरेर आज बुढानिलकण्ठबाट बालुवाटार सर्दै प्रधानमन्त्री देउवा

LC (KTM) July 16, 2021 0

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दै छन्। बिहान ९: ५७ बजेको शुभ साइतमा उनी बालुवाटार सर्न लागेको बताइएको छ ।गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका छन् ।

‘आज साउने संक्रान्तिको दिन पनि पर्यो, सामान्य पूजापाठ गरेर उनी बालुवाटार निवास सर्न लागेको बताइएको छ ।देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेर बालकोटस्थित निजी निवासमा सरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर