गुरूकुलमा रुद्री पढ्दै बटुक — OSNepal

गुरूकुलमा रुद्री पढ्दै बटुक

LC (KTM) May 18, 2023 0

घोराही– १७ चौघेरास्थित श्री गोरक्ष पात्र देवता सिद्धरत्ननाथ मठमा सञ्चालित गोरखनाथ वैदिक गुरूकुलमा बिहीबार बिहान रुद्री पढ्दै बटुक । २०७६ साल बैशाखदेखि सञ्चलानमा आएको गुरुकुलमा विभिन्न जिल्लाका ३० जना बटुकले आवासीय रुपमा रहेर निःशुल्क संस्कृत शिक्षा अध्ययन गर्दै आएका छन् ।

यो पनि : राप्रपाले केन्द्रीय नेतालाई जिम्मेवारी तोक्ने : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले पार्टीका केन्द्रीय नेतालाई भूगोलकेन्द्रीत जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

राप्रपाको जेठ १ गते सोमबारदेखि बुधबारसम्म धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य समितिले सो निर्णय गरेको हो ।

राप्रपाका सगुनसुन्दर लावतीले प्रेस विज्ञप्ति जारी गर्दै बैठकले अध्यक्षबाट प्रस्तुत कार्यपत्र तथा अन्य प्रतिवेदनहरु परिमार्जनसहित पारित गरेको जानकारी दिए ।

यसैगरी, राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकारसाग जोडदार माग गरेको छ ।

पार्टीको हरेक समिति र तहमा महिलालाई कम्तिमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवा निश्चित सङ्ख्यामा प्रतिनिधित्व सुनिश्चित गर्ने, सरकारी कर्मचारीको सङ्गठन नबनाउने, विद्यार्थी सङ्गठनलाई गैरराजनीतिक बनाउने निर्णय भएको छ ।

राप्रपाले संसदीय दलको विधान पारित गर्ने तथा यसअघि कार्यसम्पादन बैठकका निर्णय अनुमोदन गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर