प्रसिद्ध धार्मिक पर्यटकस्थल छाब्दी बाराही मन्दिरको छाना तामाले छाइने — OSNepal

प्रसिद्ध धार्मिक पर्यटकस्थल छाब्दी बाराही मन्दिरको छाना तामाले छाइने

LC (KTM) May 20, 2023 0

तनहुँ-व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिक पर्यटकस्थल छाब्दी बाराही मन्दिरको जीर्णोद्धारको काम पुरातात्विक भक्तपुरे इँटाको प्रयोग गरी मन्दिर निर्माण र मन्दिरको छाना तामाको पाताले छाउन काम सुरु गरिएको छ । विसं २०७९ वैशाख १९ देखि सुरु गरी २०८० जेठ मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छाब्दी बाराही मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सामाजिक विकास कार्यालयमार्फत रु १५ लाख र स्थानीय श्रमदान रु एक लाख २० हजार दुई सय ५८ को लागतमा मन्दिर पुनःनिर्माण गर्न लागिएको हो । मन्दिरको निर्माण कार्य भइरहे पनि पूजाअर्चनाका लागि आउने भक्तजनलाई कुनै किसिमको बाधा नपुग्ने गरी काम गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले विनियोजन गरेको बजेटले छाना छाउन पुग्नेछ । उहाँले भन्नुभयो, “मन्दिरको अन्य भौतिक संरचना निर्माणका लागि मन्दिर संरक्षण विकास कोष, चन्दा सङ्कलन र स्थानीय श्रमदानबाट काम गर्ने योजना छ ।”

मन्दिरको संरचना निर्माणलगायतका कामका लागि करिब रु ८५ लाखको लागत अनुमान रहेको मन्दिर पुनःनिर्माण समितिले जनाएको छ । उक्त क्षेत्रका करिब दुई सय घरधुरीका दुई हजार पाँच सय मानिस प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर