देशको सङ्कट टार्ने विकल्प एमालेसँग मात्रै रहेको महासचिव पोखरेलको ठोकुवा — OSNepal

देशको सङ्कट टार्ने विकल्प एमालेसँग मात्रै रहेको महासचिव पोखरेलको ठोकुवा

LC (KTM) May 21, 2023 0

देउखुरी – नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले लोककल्याणकारी राज्य निर्माणमा महत्वपूर्ण योगदान गरेको दाबी गर्नुभएको छ । उहाँले एमालले सामाजिक सुरक्षाका कार्यक्रम र विकास निर्माणलाई विशेष महत्व दिएको बताउनुभयो ।

एमाले जिल्ला कमिटी दाङले नेत्रलाल अभागीको ४०औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको सङ्कट टार्ने विकल्प एमालेसँग मात्रै रहेको ठोकुवा गर्नुभयो । उहाँले नेत्रलाल अभागीले दाङको कम्युनिष्ट आन्दोलन, शिक्षा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको स्मरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर