हिरासतमा रहेका पति बालकृष्णलाई भेटिन् पत्नी मन्जु खाँणले — OSNepal

हिरासतमा रहेका पति बालकृष्णलाई भेटिन् पत्नी मन्जु खाँणले

LC (KTM) May 22, 2023 0

काठमाडौं – हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पत्नी मन्जु खाँणले भेट गरेकी छन् । वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका पति खाणसँग मन्जुले भेटघाट गरेको बताइएको छ ।

यस अघि हिरासतमा रहेकापतिलाई मन्जु भेट्न नगएको भनी खबर बाहिर आएका थिए । सो प्रकरणमा मञ्जुमाथि समेत अपुष्ट आरोप लागेपनि उनी पक्राउ परेकी छैनन् । मञ्जु जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा समेत उपस्थित भएकी थिइन् ।

प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला मञ्जु आफ्ना पति खाणलाई भेट्न पुगेकी हुनु । रणार्थी प्रकरणमा हालसम्म बालकृष्ण खाँण टोपबहादुर सहित १६ जना पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर