जब राहुल गान्धि ट्रक चढेर चण्डीगढ गए ... — OSNepal

जब राहुल गान्धि ट्रक चढेर चण्डीगढ गए …

LC (KTM) May 23, 2023 0

नयाँदिल्ली, ९ जेठ । कांग्रेस आईका नेता राहुल गान्धी ट्रकमा चढेर दिल्लीवाट चण्डीगढ गएका छन ।

उनले सो क्रममा ट्रक ड्राइभरसँग कुराकानीसमेत गरेका छन ।

यसै क्रममा उनले ट्रक ड्राइभरको मुद्धा र समस्याका बारेमा जानकारी लिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । अहिले उनले ट्रक यात्रा गरेको भिडियो भाइरल भएको छ ।

कर्नाटक बिद्यानसभा निर्वाचनको जीत पछि उनी ट्रकको यात्रामा निस्केको तस्विरहरु सार्र्वजनिक भएका हुन ।

कर्नाटक निर्वाचन पछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको संसद भवनको उदघाटन प्रति उनले आपत्ति जनाएका छन् ।

उनले सो संसद भवनको उदघाटन राष्ट्रपतिको हातवाट गर्नु पर्ने माग राख्दै आएका छन् । हालै सो संसद भवनको निमार्ण कार्य पुरा भएको थियो, सावरकर जयन्तीको अवसरमा २८ मेमा सो नयाँ संसद भवनको उदघाटन गर्ने जनाईएको छ ।

लोकसभाका सभामुख ओम बिरलाले २८ मेमा माेदीले सो संसद भवन उदघाटन गर्ने जानकारी यसअघि नै गराईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर