रुसको सीमा क्षेत्रमा ड्रोन आक्रमण — OSNepal

रुसको सीमा क्षेत्रमा ड्रोन आक्रमण

LC (KTM) May 23, 2023 0

मस्को- युक्रेसँग सिमाना जोडिएको रुसको बेल्गोरोड क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई खसालेको उक्त क्षेत्रका गभर्नरले मङ्गलबार बताउँनु भएको छ । गभर्नर व्याचेस्लाभ ग्लाडकोभले टेलिग्राम पोस्टमा त्यस क्षेत्रमा कुनै ठूलो दुर्घटना भने नभएको उल्लेख गर्नु भएको छ । उहाँले बेल्गोरोड क्षेत्रको ग्रेभोरोन जिल्ला र बोरिसोभ जिल्लामा ड्रोन आक्रमण भएको र थुप्रै निजी आवासीय भवनहरूलाई क्षति पुर्याएको बताउँनु भएको छ ।
युक्रेनको खार्कोभ क्षेत्रको छेउमा अवस्थित बेल्गोरोड क्षेत्र हालै युद्धको केन्द्र बनेको छ।

एक युक्रेनी सशस्त्र बल “सबोटेज र टोही समूह” सोमबार बेलगोरोड क्षेत्रमा प्रवेश गरेको रूसी पक्षले जनाएको छ। तर कीभले यस क्षेत्रमा अपरेशनको पछाडि दुई रूसी अर्धसैनिक समूहको हात रहेको बताएको छ ।बेल्गोरोड क्षेत्र सोमबारदेखि आतङ्कवाद विरोधी अभियानको अधीनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर