६० वर्षीय प्रतिभाशाली अभिनेता आशिष बिद्यार्थीले गरे फेसन व्यवसायी रुपालीसँग दोस्रो बिहे — OSNepal

६० वर्षीय प्रतिभाशाली अभिनेता आशिष बिद्यार्थीले गरे फेसन व्यवसायी रुपालीसँग दोस्रो बिहे

LC (KTM) May 26, 2023 0

एजेन्सी – ६० वर्षीय प्रतिभाशाली अभिनेता आशिष विद्यार्थीले दोस्रो विवाह गरेका छन् ।कोलकाताको असमकी फेसन व्यवसायी रुपाली बरुआहसँग उनले दोस्रो विवाह गरेका हुन् । उनको बिहेका तस्विर बाहिर आएपछि नयाँ इनिङ्सका लागि फ्यानहरुले बधाइ दिइरहेका छन् ।

तस्वीरमा आशिष विद्यार्थी र उनकी श्रीमती रुपाली बरुआ परम्परागत सेतो पहिरनमा देख्न सकिन्छ । योसँगै उनको अनुहारमा ठूलो मुस्कान पनि देखिएको छ । आफ्नो विवाह गर्ने निर्णयको प्रतिक्रिया दिँदै उनले भने, ‘जीवनको यो चरणमा, रूपालीसँग विवाह गर्न पाउँदा असाधारण अनुभूति भएको छ। हामीले बिहान कोर्ट विवाह गर्यौ र साँझ गेट टुगेदर सकियो।’

आशिषले बलिउडदेखि साउथ इन्डस्ट्रीसम्म आफ्नो खलनायकको भूमिकाबाट फ्यानको मनमा स्थान बनाएका हुन् । आशिष विद्यार्थीले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर