राजदेवी मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा प्रकाश पक्राउ — OSNepal

राजदेवी मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा प्रकाश पक्राउ

LC (KTM) May 26, 2023 0

सिरहा, १२ जेठ -बरियारपट्टी गाउँपालिका-३ नवटोलीस्थित राजदेवी मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा सप्तरी खड्क नगरपालिका-१ बस्ने २८ वर्षीय प्रकाश मण्डललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त मन्दिरभित्र रहेको राजदेवी माताको मूर्तिमा लगाएका सुन तथा चाँदीको गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई सुन तथा चाँदीका विभिन्न चोरीका सामान र उनले प्रयोग गरेको बा.२६ प ७३४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर