कवि भोजकुमार धमला बंगलादेशमा सम्मानित — OSNepal

कवि भोजकुमार धमला बंगलादेशमा सम्मानित

LC (KTM) May 26, 2023 0

काठमाडौँ । कवि भोजकुमार धमला बंगलादेशमा सम्मानित भएका छन् । रास्ट्रिय कबिता मंच तथा वल्र्ड वाइड राइटर्स एसोसिएसन बंगलादेशले ‘अन्तराष्ट्रिय नाजरुल कबि गोष्ठी–२०२३’ को अवसरमा धमलालाई ‘इमरजिङ पोइट अफ दि हिमालय’ भनेर सम्मान गरेको हो ।

धमलाले हालै अंग्रेजी कवितासंग्रह ‘द सेल्फिस सिटी’ ल्याएका छन् । कार्यक्रममा बंगलादेशी कबि तथा वल्र्ड वाइड राइटर्स एसोसिएसन बंगलादेशका अध्यक्ष मोहम्मद साम्सुल हक बाबुले उनको कविता कृतिबारे चर्चा गरेका थिए ।

त्यस्तै सेगुनबगैचास्थित इन्टरनेसनल मदर ल्यांग्बेज इन्स्टिच्युट बंगलादेशमा आयोजित अस्ट्रेलिया बसोबास गर्दै आएका अर्का नेपाली मुलका अस्ट्रेलियन कबि कुमाराज सुबेदीलाई सम्मान गरिएको थियो । उनलाई ‘पोइट अफ दि इभेन्ट’ अवार्ड प्रदान गरिएको थियो । सुवेदीको ‘द कलर अफ् इस्प्रिंग’ कबिता संग्रह प्रकाशीत छ ।

विश्वका विभिन्न देशका कविहरु उपस्थित कार्यक्रममा बंगलादेशी लेखक महमुदुल हसन निजामिले ‘द कलर अफ इस्प्रिंग’ कविता संग्रहबारे चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर