ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबद्वाराखुमलटार पराजित — OSNepal

ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबद्वाराखुमलटार पराजित

LC (KTM) May 26, 2023 0

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले खुमलटारमाथि सहज जीत हासिल गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलका पुलिसका भरत शाहले खेलको ७६ औं मिनेटमा हेडरमार्फत गोल गरेका थिए भने मोहमद आसिफले ८८ औं मिनेट गोल गरेका थिए । जितसंगै पुलिसले २१ खेलमा २८ अंक जोडेको छ । समान खेल खेलेको खुमलटारको २१ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर