मोटरसाइकल दुर्घटनामा श्याम र विकासको मृत्यु,अजयको उपचार हुँदै — OSNepal

मोटरसाइकल दुर्घटनामा श्याम र विकासको मृत्यु,अजयको उपचार हुँदै

LC (KTM) May 26, 2023 0

सप्तरी, १२ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

राजविराजबाट छिन्नमस्तातर्फ जाँदै गरेको तीनजना सवार प्र २–०१–००२–प २५६० नम्बरको मोटरसाइकल छिन्नमस्ता ३ स्थित नर्सिङ थान नजिकै अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा छिन्नमस्ता ३ का १८ वर्षीय श्यामकुमार यादव र ३० वर्षीय विकासकुमार खंगको मृत्यु भएको छ । घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अजयकुमार खंगको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर