रमेश कोइरालाको निर्देशनमा तयार के दोष बजारमा, भिडियोको चर्चा — OSNepal

रमेश कोइरालाको निर्देशनमा तयार के दोष बजारमा, भिडियोको चर्चा

LC (KTM) May 27, 2023 0

काठमाडौँ । गायिका निशा देशारको स्वर रहेको के दोष बोलको गीतको भिडियो रिलिज गरिएको छ । शान्ता अधिकारीको शब्द, लाल श्रेष्ठको संगीत र राजकुमार मालाकार र प्रकाश केसीको एरेन्ज रहेको गीतले प्रेम र विहरको गाथाको कथालाई उठाएको छ ।

रमेश बुढाथोकी, मंजिता केसी, सुनिल पुरी, रानु निरौला, रोजी बर्देवाको अभिनय रहेको गीतको भिडियोको निर्देशन रमेश कोइरालाले गरेका हुन् । प्रेममा धोका खाएकी प्रेमीकाको भित्री पिडालाई निर्देशक कोइरालाले जिवन्त रुपमा उतारेका छन् ।

बुढासुब्बा डिजिटलबाट बजारमा आएको सार्वजनिक गीतको छायांकन जयेन्द्र कुँवरले गरेका हुन् भने सम्पादन अच्युत बजगाईले गरेका हुन् । हेर्नुहोस् यो मर्मस्पर्शी गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर