राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित जेननेक्स्ट कन्सल्टिङ ग्रुपको ब्राण्ड एम्बासडर मा नियुक्त — OSNepal

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित जेननेक्स्ट कन्सल्टिङ ग्रुपको ब्राण्ड एम्बासडर मा नियुक्त

LC (KTM) May 30, 2023 0

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल शैक्षिक सेवा परामर्शदाता कम्पनी जेननेक्स्ट कन्सल्टिङ समूहले आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको जानकारी प्राप्त भएको छ। सोमबार काठमाडौंस्थित जेननेक्स्टको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित र जेननेक्स्टका सन्चालक मोहम्मद अस्लमले सम्झौतापत्रमा हस्ताक्षर गरे । बिहीबारदेखि लागू हुने सम्झौता १ वर्षका लागि हुनेछ । सम्झौताअनुसार रोहितले आफ्नो सामाजिक सन्जालहरुबाट जेननेक्स्टको प्रवर्धन गर्नेछन् । कम्पनीका सिईओ तथा संस्थापक डाईरेक्टर अरूण आर्यन चौधरीले जानकारी दिए। त्यसबापत रोहितले पाउने सुविधा खुलाइएको छैन ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने रोहितको कप्तानीमा नेपालले हालै एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपका लागि छनोट भएको थियो । त्यसअघि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा अभूतपूर्व प्रदर्शन गरी तेस्रो स्थान हासिल गरेको थियो । सम्झौतापछि रोहितले निजी क्षेत्रबाट हुने यस्तो सहयोग र सम्मानले क्रिकेटमा राम्रो प्रदर्शनका लागि प्रोत्साहित गर्ने बताए । ‘निरन्तर जितिरहन सम्भव हुँदैन । जितेको समयमा सरकारले पुरस्कार दिन्छ । तर, निजी क्षेत्रबाट हुने यस्तो सहयोगले हामीलाई वर्षभरि नै आर्थिक बोझक म गर्नेछ,’ कार्यक्रममा रोहितले थपे, ‘राष्ट्रिय टिमका अरु खेलाडीलाई पनि यस्तै प्रायोजन होस भन्ने चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर