आफ्नै वडा भवन बने पछि वडाबासी खुशी — OSNepal

आफ्नै वडा भवन बने पछि वडाबासी खुशी

LC (KTM) July 17, 2021 0

अराज बेल्बासे/ अर्घाखाँची – शितगंगा नगरपालिका वडा नम्बर १२ को प्रशासकीय भवनको उदघाटन गरिएको छ । वडा अध्यक्ष् ाबाबुराम गैरेको सकृयतामा वडा कार्यालय भवन समय भन्दा ९ महिना अगाडीनै निमार्ण सम्पन्नगरि नगर प्रमुख सुर्य प्रसाद अधिकारीले रिवन काटि उदघाटन गर्नु भएकोे हो ।बिकास निमाणको काममा ठेकेदार कम्पनीले ढिलो सुस्तीगर्ने समयमा काम सम्पन्न नगर्ने गुनासो आइरहेको बेला वडा नम्बर १२को कार्यालय भने समय अगाबै सम्पन्नगरि उदघाटन समेत गरिएको छ । भवनको अर्घाभगवती निमार्ण कम्पनीले निमार्ण जिम्मा लिएको थियो । करिव ५० लाखको लागतमानगरपालिका द्धारा निमिर्त भवन बने पछि सेवाग्राहीहरुले सहजै सेवापाउनेमा बिश्वास लिइएको छ । भवन निमार्णको लागि जग्गा प्रदान गर्ने जग्गादाता यज्ञ प्रसाद बेल्बासे र ऋषि बेल्बासे कार्यक्रममा सम्मान गरिएको थियो ।

यस्तै नगर प्रमुख सुर्य प्रसाद अधिकारीले कार्यालयको उद्धघाटन गर्दै सेवालिन आउनेहरुको सहजताको लागि वडा कार्यालय भवन निमाणलाई प्राथमिकता दिएको बताउनु भयो । आगामी बर्ष सम्ममा सम्पुर्ण वडा कार्यालय निमाण सम्पन्नगर्ने बताउनु भयो ।भाडाको घरबाट सेवा सञ्चालन गर्दा सेवाग्राहीहरुको भिडभाड हुँदा निकै समस्याहुने गरेकोले अब भने सहजहुने वडा अध्यक्ष बाबुराम गैरेले बताउनु भयो । वडा कार्यालय निमार्णको लागि सबै जनप्रतिनिधी हरु पनि अहोरात्र खटेकोले पनि समय अगावै कार्यलय सम्पन्न गर्न सफल भएको गैरेले बताउनु भयो ।
नगर प्रमुख सुर्य प्रसाद अधिकारी तथानगर उपप्रमुख टिका रेस्मिले आधारभुत स्वास्थइकाको समेत उद्धघाटन गर्नु भएको छ । स्वास्थ इकाइ भवन उद्धघाटन गदै नगर प्रमुख आधारभुत स्वास्थमा हरेक नागरिकको पहुच पुराउन नगरपालिकाले हरेक वडामा स्वास्थएका तथा गाँउघर क्लिनक हरु सञ्चालन गरिरहेको बताउनु भयो ।यस्तै नगर उपप्रमुख टिका रेस्मिले सामान्य सिटामोल लिन टाडा पुग्नु पर्ने अबस्थाको करिव अन्त्यभएको बताउनु भयो । हरेक वडामा अहिले आधारभुत स्वास्थको पहुच रहेको रेस्मिले बताउनु भयो । कार्यक्रममाबिभिन्न वडाका वडा अध्यक्ष स्थानिय राजनितिकदलका नेताकार्यक्रतालगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर