एन आर एनए माल्टाको उपाध्यक्ष पदमा गिरीको उम्मेद्बारी — OSNepal

एन आर एनए माल्टाको उपाध्यक्ष पदमा गिरीको उम्मेद्बारी

LC (KTM) July 17, 2021 0

झापा – झापा जिल्लाको हल्दीबारी ३ जन्म घर भएका नविन गिरी सन २०१७ देखि वैदेशिक यात्राको क्रममा माल्टा आउनुभएको हो । झन्डै ५ वर्ष माल्टामा आफ्नो अमुल्य समय बिभिन्न सामाजिक क्षेत्र मा सक्रिय गराउदै आउनु भएका नविन गिरि । साच्चिकै उहाको नाम जस्तै कर्म पनि नविनत्म रहेको छ। कम्पुटर साइन्स अध्यन गरेका गिरी नेपाल मा रहदा लामो समय शिक्षक पेशा मा आवद हुनुहुनथियो र नेपालदेखि नै समाजका हरेक क्रियाकलापमा सक्रियतापूर्वक सहभागिता जनाउदै आएको बताउनु हुने गिरी माल्टा प्रवेशसंगै समाजिक संघ संस्थामार्फ़त सामाजिक सेवा र मानवीय सेवामा सहकार्य गर्ने अवसर पाएकोमा धन्य समझदै यसै शिलाशिलामा एनआरएनए अभियानमा सहयोगी हुने सौभाग्य आफुले पाएको जनाउनु भएको छ ।

एनआरएनए माल्टाको२०१९ बाट उपाध्यक्ष पदमा तथा माल्टामा स्थापित नेपाल माल्टा कम्युनिटिको तत्कालीन अध्यक्ष तथा विभिन्न सामाजिक संघ सस्थामा आवद्ध रहेर उदाहरणीय कार्य गर्दै आफ्नो पदीय भूमिका जवाफदेही रूपमा निर्वाह गर्दै आइरहेको र त्यो स्थानमा पुराउन सहयोग गर्नु हुने सबैमा अन्तरहृदय देखी हार्दिक आभार व्यक्त गर्दै एनआरएनए माल्टाको आसन निर्वाचन २०२१( २०२३ को साझा प्यानल नामक समुहबाट साथीहरू साग्ै हातेमालो गर्दै अघि बढ्ने हेतुले उपाध्यक्ष पदमा उम्मेद्बारी दिएको उहाको भनाई थियो ।

आफु माल्टा बस्दै गर्दा जिवनको यो कालखन्डमा आएर नेपाल प्रतिको गहिरो माया र आगामी जेनेरेसनसहितको नेपाली कम्युनिटी प्रतिको आफ्नो जिम्मेवारी बोध गर्दै, व्यक्तिगत तथा प्रोफेसनल अनुभव वाट सिकेका विशेषज्ञतालाई कम्युनिटीसामु पुर्याई केहि योगदान गर्न सक्छु भन्ने विश्वास गिरी को छ । मुख्यरुपमा पार्दर्शिता, समावेसी, सहभागिता र जवावदेहिता एनआरन को आधारभुत आवस्यकता र दिर्घकालिन समाधान हो भन्ने कुरामा म बिस्वस्त उहा विस्वास राख्नु हुन्छ।

यिनै सिद्धान्तहरुमा अडिक रहि आउॅंदा दिनहरुमा काम गर्ने प्रतिवद्ता जनाउन भएको छ। अन्त्यमास्सम्पुर्ण माल्टा बासि नेपालि दाजुभाइ दिदिबहिनीहरुमा आगामि जुलाइ अन्त्यमा हुन गइरहेको निर्वाचन मा सहभागी भै आफ्नो अमुल्य मत दिएर विजयी बनाउनु हुन सबै नेपाली माल्टा बासीहरुमा अपिल गर्नु भएको छ । उपाध्यक्ष पदको उम्मेद्बार ९साझा प्यानल०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर