भुस लोड गरि पुर्वतर्फ जाँदै गरेको ट्रक दुर्घटना — OSNepal

भुस लोड गरि पुर्वतर्फ जाँदै गरेको ट्रक दुर्घटना

LC (KTM) July 17, 2021 0

पूुर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको भारदहमा भुस लोड गरि पश्चिमबाट पुर्वतर्फ जाने क्रममा शनिबार ना २ ख ८८२४ नम्बरको ट्रक दुर्घटनामा । तस्वीर ः अरुण कुमार यादव,रासस

आगलागीका घाइतेको उपचारका क्रममा मृ त्यु-आगलागीमा परी घाइते भएका यहाँका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका फिदिम नगरपालिका–४ जोरसालका ४९ वर्षीय दीननाथ सापकोटाको गएराति मृत्यु भएको परिवारजनले जनाएका छन् ।

बाबुको काजकिरियामा बसेका सापकोटा गत जेठ २४ गते राती आगलागी हुँदा घाइते हुनुभएको थियो । उपचारका क्रममा झापाको मेची प्रादेशिक अस्पतालमा सापकोटाको गएराति मृत्यु भएको हो । उहाँसँगै घाइते भएकी उहाँकी आमा ७२ वर्षीया चनमाया सापकोटाको गत जेठ २६ गते मृत्यु भएको थियो । दीननाथका बाबु भगीरथ सापकोटाको जेठ २४ गते मृ त्यु भएको थियो । भगीरथको मृ त्युपछि काजकिरियाको सुरुआत गरेकै दिन राति आगलागी हुँदा किरियामा बसेका तीन जना घाइते भएका थिए । घाइतेमध्ये मृतक दीननाथका भाई मदन भने निको भइसकेको बताइएको छ । आगलागीमा घाइते तीनै जनालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर