प्रेमराज महतले ल्याए नयाँ गीत ‘घर हम्रा हुम्ला जुम्लामा’ — OSNepal

प्रेमराज महतले ल्याए नयाँ गीत ‘घर हम्रा हुम्ला जुम्लामा’

LC (KTM) June 02, 2023 0

काठमाडौं, जेठ १९ गते। लोकगायक प्रेमराजा महतको नयाँ गीत ‘घर हम्रा हुम्ला जुम्लामा’ सार्वजनिक भएको छ। शुक्रबार आफ्नै युट्युबमार्फत् आफ्नै शब्द र संगीतमा तयार भएको गीत भिडियोसहित सार्वजनिक गर्नुभएको हो। गीतमा प्रेमराज महतसँगै शान्तिश्री परियारको स्वर रहेको छ।

बि.बि. अनुरागीले एरेन्ज गर्नुभएको गीतको मिक्सिङ श्यामश्वेत रसाइलीले गर्नुभएको हो। म्युजिक भिडियोमा गायक महतसँगै रीना थापा मगरले अभिनय गर्नुभएको छ। गीतको शीर्षक जस्तै म्युजिक भिडियो जुम्लाका विकट पहाडी क्षेत्रमा छायांकन गरिएको छ।

प्रेमराजा महतको परिकल्पना र रामजी लामिछानेको कोरियोग्राफी एवम् निर्देशनमा तयार भएको भिडियोको छायांकन मानकृष्ण महर्जनले गर्नुभएको हो। छायांकनमा उहाँलाई सुवास महर्जन र सुविन गोदारले साथ दिनुभएको छ। मिडियोको सम्पादनमा मिराज अर्याल र रिमा फिल्म्स्को मेहनत देख्न सकिन्छ।

रङ्ग संयोजन राजेन्द्र मोक्तानले गर्नुभएको हो। भिडियोमा जुम्लाको गाउँले परिवेशलाई सुन्दर ढंगले देखाउने प्रयास गरिएको छ। अशिस भण्डारी, सदीक्षा महत भण्डारी, गिर्वाणविक्रम भण्डारी र गौरिका भण्डारी म्युजिक भिडियोको निर्माता हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर