गायक गोकुल खरेलले जापानबाट ल्याए 'ए सुवा'को भिडियो — OSNepal

गायक गोकुल खरेलले जापानबाट ल्याए ‘ए सुवा’को भिडियो

LC (KTM) June 03, 2023 0

काठमाडौँ । गायक गोकुल खरेल र गायिका समिक्षा अधिकारीको स्वर रहेको ए सुवा बोलको गीतको भिडियो रिलिज गरिएको छ । सागर खरेलका शब्द शृजनामा गायक गोकुल र गायिका समिक्षा सलल बगेका छन् । लोकप्रिय संगीतकार दीपक शर्माको संगीत रहेको गीतमा इञ्जिनियर सागर खरेलको शब्द रहेको छ ।

उदय राज पौडेलको एरेन्ज रहेको सार्वजनिक गीतले सुदुरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमीकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ए सुवा । ए सुवा मार्फत एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई कलात्मक रुपमा भिडियोमा निर्देशक उत्तम श्रेष्ठ शिशिरले प्रस्तुत गरेका छन् । मोडलद्धय समारिका दाहाल र जोन बमको अभिनय रहेको भिडियोमा प्रेममा रहेको प्रेमील जोडी गज्जबसँग खुलेको देखिन्छ । भिडियोमा समारिका र जोन गज्जबसँग खुलेका छन् ।

कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका ४ का गायक गोकुल हाल व्यबसायको सिलसिलामा जापानको हिरोसिमामा रहेका छन् । युवा व्यबसायी समेत रहेका गायक गोकुल व्यबसायसँगसँगै नेपाली गीत संगीतमा रमिरहेका छन् ।उनका यसअघि फुलेको फुल, सिकाउँदैछ केही, उडाइलगेछ, आधा परान, फुलेको फुल, कहाँ थियौ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो , भमरा, लगायतका १ दर्जन बढी गीत बजारमा आइसकेका छन् । उनका केही गीतहरु बजारमा आउने क्रममा रहेका छन् । सार्वजनिक भिडियो गायक गोकुलकै आफ्नै च्यानल आगमन म्यूजिकबाट बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर