बाजुरामा रुखबाट खसेर ४२ वर्षीय देवबहादुरको ज्यान गयो — OSNepal

बाजुरामा रुखबाट खसेर ४२ वर्षीय देवबहादुरको ज्यान गयो

LC (KTM) June 03, 2023 0

बाजुरा, २० जेठ बाजुरामा रुखबाट खसेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहेका छन् ।

रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए । उनको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर