कालिकोटमा शिकारीले हानेको गोली लागेर १७ वर्षीया एलिसाको मृत्यु — OSNepal

कालिकोटमा शिकारीले हानेको गोली लागेर १७ वर्षीया एलिसाको मृत्यु

LC (KTM) June 04, 2023 0

कालिकोट, २१ जेठ-नरहरीनाथ गाउँपालिका वडा नम्बर ५ रुप्साकी १७ वर्षीय किशोरीको गोली लागेर मृत्यु भएको छ । जेठ १९ गते दिउँसो मकै बारीमा मकै गोड्दैगर्दा स्थानीय एक शिकारीको गोली लागेर १७ वर्षीय एलिसा सहकारी घाइते भएकी थिइन् ।

घाइते सहकारीको प्रथामिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । उपचारकै क्रममा उनले आज सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए ।

रुप्साकै एक स्थानीयले बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी एलिसाको टाउकोमा लागेको थियो । मृतमको आजै पोष्टमाटम गरी अन्तेष्टी गरिएको छ । उनी कक्षा १० मा अध्ययनरत थिइन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर