इरानबाट दुई हजार १०६ अफगान शरणार्थी स्वदेश फर्किए — OSNepal

इरानबाट दुई हजार १०६ अफगान शरणार्थी स्वदेश फर्किए

LC (KTM) June 04, 2023 0

काबुल- अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आइतवार विज्ञप्तिमार्फत छिमेकी इरानबाट कुल २,१०६ अफगान शरणार्थी शनिबार स्वदेश फर्किएको उल्लेख छ । “इरानमा शरणार्थीका रूपमा वर्षौँसम्म बसेका २,१०६ अफगानी शरणार्थी शनिबार आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । शरणार्थीलाई उनीहरूको देश फर्काउने प्रक्रिया जारी छ,“ विज्ञप्तिमा भनिएको छ ।

यसअघि मे ३१ मा मन्त्रालयले इरानबाट करिब २,८०० अफगान शरणार्थी फिर्ता भएको जानकारी दिएको थियो ।गत जनवरीदेखि करिब ६०,००० अफगान शरणार्थी इरानबाट स्वदेश फर्किएका छन् ।२५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थी इरानमा बस्दै आएका छन् र त्यति नै सङ्ख्यामा अफगान शरणार्थी पाकिस्तानमा बसिरहेका छन् । अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगान शरणार्थीलाई स्वदेश फर्कन र पुनःनिर्माण प्रक्रियामा योगदान दिन आह्वान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर