हिमाली पहिरोमा परी १४ जनाको मृत्यु , पाँच बेपत्ता — OSNepal

हिमाली पहिरोमा परी १४ जनाको मृत्यु , पाँच बेपत्ता

LC (KTM) June 04, 2023 0

चेङ्दु- चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ । प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनामा अन्य पाँच जना बेपत्ता भएका स्थानीय सञ्चर विभागले जनाएको छ ।

शहरको जिनकोहे जिल्लाको योङसेङ टाउनशिपको एक जङ्गल क्षेत्रमा बिहान ६ बजेतिर पहिरो खसेको थियो । घटनापछि बेपत्ताको खोजी गर्न एक सय ८० जनाभन्दा बढीको उद्धार टोली घटनास्थलमा खटाइएको र उनीहरूको खोजीकार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर