नेपाल कोरिया अस्पतालबाट अक्सिजन उत्पादन शुरु,दैनिक ३२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने — OSNepal

नेपाल कोरिया अस्पतालबाट अक्सिजन उत्पादन शुरु,दैनिक ३२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने

LC (KTM) May 15, 2021 0

मध्यपुरथिमि – मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले शुक्रबार बेलुकादेखि अक्सिजन उत्पादन शुरु गरेको छ । नगरपालिकाको रु ६५ लाखको लगानीमा चीनबाट ल्याइएको प्लान्ट जडान गरी अक्सिजन उत्पादन शुरु गरिएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

दैनिक ३० देखि ३२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्टले अब अस्पतालका सघन उपचार कक्ष, हाइकेयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का २४ बिरामीलाई पाइपमार्फत अक्सिजन पु¥याउने जनाइएको छ । अहिले दैनिक ९० सिलिण्डर अक्सिजन खपत भइरहेकामा अब ३० सिलिण्डर अक्सिजन मात्रै बाहिरबाट ल्याए पुग्ने भएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर