पाल्पामा आफ्नै घरको भ-याङ्गबाट लडेर दिलकुमारीको ज्या न गयो — OSNepal

पाल्पामा आफ्नै घरको भ-याङ्गबाट लडेर दिलकुमारीको ज्या न गयो

LC (KTM) July 17, 2021 0

पाल्पा- पाल्पाको निस्दी गाउँपालिका–४ छापडाँडाका ५१ वर्षीय दिलकुमारी सुनारीको भ¥याङ्गबाट लडेर मृ त्यु भएको छ । आफ्नै घरमा रहेको काठको भ¥याङ्गबाट करीब आठ फिट तल खसेर आज उहाँको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी रुक्सेभञ्ज्याङ्गबाट टोली खटिई घटनाका बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

बाँकेमा आइतबारदेखि भेरोसेल खोप शुरु-बाँकेमा आइतबारदेखि ५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ । सरकारले निर्धारण गरेको लक्षित समूहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको जनाइएको छ । बाँके जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आइतबारदेखि खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले बताउनुभयो । स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा भने यही साउन १० देखि १२ गतेसम्म खोपको पहिलो मात्रा दिइने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर