निर्देशक शिशिर, गायक देबेन्द्र, मोडल कृष्णको सहकार्यमा तयार भयो 'माया गर्छु म'को भिडियो — OSNepal

निर्देशक शिशिर, गायक देबेन्द्र, मोडल कृष्णको सहकार्यमा तयार भयो ‘माया गर्छु म’को भिडियो

LC (KTM) June 05, 2023 0

काठमाडौँ । गायक देबेन्द्र बरालको स्वर रहेको माया गर्छु मको भिडियो सार्वजनिक भएको छ । डिपी खनालका शब्द तथा गायक बरालकै संगीत रहेको सार्वजनिक गीतमा बच्छा यादवको एरेन्ज, कुमार केसीको मिक्सिगं तथा मास्टरिङ रहेको सार्वजनिक गीतमा मोडलद्धय मिस पवी र कृष्ण श्रेष्ठको अभिनय रहेको छ । भिडियोले एकोहोरो मायामा परेका प्रेमीको माया र त्यागलाई देखाउन खोजेको छ ।

प्रेमीले प्रेमिकाको वर्णन गरेर नथाकेको गीतले एकोहोरो मायामा डुब्ने प्रेमीको सफा मन भित्र पलाएको मायालाई अहिलेका चर्चित निर्देशक शिशिर खातीले गज्जब तरिकाले भिडियोमा उतारेका छन् । जसमा अष्ट्रेलियामा बस्दै आएका पोखराका कृष्ण र पछिल्लो समय चर्चाको शिखरमा रहेकी सुन्दरी टिकटकर मिस पवी गज्जबसाग खुलेर अभिनय गरेका छन् ।

कृष्ण ४ महिना अघि छुट्टीमा नेपाल आएको मौकामा चित्लाङमा भिडियो छायांकन गरेर फर्किएका थिए । अष्ट्रेलियन सिरिज र ब्याड बिहेवियर,टर्नअप द भोल्युम, लगायतका अष्ट्रेलियन ड्रामा कोरशका रुपमा काम गरिसकेका कृष्ण अष्ट्रेलियाको मेलवर्नमा बस्दै आएका छन् । उनले एमपिए अध्ययन गरेका छन् । उनीसँग हलिउडको शान्ताराम वेभ सिरिजमा काम गरिसकेको अनुभव पनि छ ।

सार्वजनिक गीतमा दाबा तामाङको कोरियोग्राफी रहेको छ भने शंकल भुजेलको छायाकंन तथा मनोज कार्कीको सम्पादन रहेको छ । त्यस्तै मिक्सिङ तथा मास्टरिङ कुमार केसीको रहेको भिडियोको कन्सेप्ट निर्देशक शिशिरकै रहेकै रहेको छ । फिल्मी शैलीमा तयार पारिएको माया गर्छु मको भिडियो निर्देशक खातीकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

करिब ६ दर्जन बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका शिशिरले फिल्मका गीतहरुमा पनि कोरियोग्राफी गर्दै आइरहेका छन् । चकलेटी नायक प्रदिप खड्काको फिल्म ‘लभ स्टेशन’मा समावेश गरिएको ‘तिमीले हेर्ने जुन, मेरो आँगनीमा’ गीतमा कोरियोग्राफीको जिम्मेवारी सम्हालेका शिशिरले आर्यन सिग्देलको चचहुई र हालै प्रर्दशनमा आएको फिल्म डिसेम्बर फल्समा काम गरिसकेका छन् ।

म्यूजिक भिडियो निर्देशन तथा कोरियोग्राफीलाई एकसाथ अगाडि बढाइरहेका निर्देशक खाती पछिल्लो समय ब्यस्त म्यूजिक भिडियो निर्देशकका रुपमा चिनिन्छन् । शिशिरले रोमियो, तिमी सँग, लभ स्टेशन, जानी नजानी, चचहुई, कप्स र रानी जस्ता फिल्मका गीतहरुमा कोरियोग्राफी गरेर आफ्नो अब्बल काम देखाइसकेका छन् ।

जसका कारण पनि उनी म्यूजिक भिडियोको निर्देशनमा खोजीने र रुचाइने निर्देशकका रुपमा परिचित छन् । उनै शिशिरको निर्देशन रहेको माया गर्छु मको भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर