फिल्म ‘राधा’का निर्देशक सुवर्ण थापा बे एरियामा सम्मानित — OSNepal

फिल्म ‘राधा’का निर्देशक सुवर्ण थापा बे एरियामा सम्मानित

LC (KTM) June 06, 2023 0

काठमाडौं -चलचित्र ‘द सेक्रेट अफ राधा’ का निर्माता एवं निर्देशक सुवर्ण थापा सम्मानित भएका छन् । थापालाई सानफ्रान्सिस्को बे एरियामा सम्मान गरिएको हो । फ्रीमण्टमा आयोजित एक कार्यक्रममा बे एरिया निवासी मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले बे एरियाका नेपालीहरुको तर्फवाट थापालाई सम्मान गरेका हुन् । थापाले निर्देशन गरेको चलचित्र राधा शनिवार र  आइतवार फ्रिमण्टको सिने लाउन्जमा प्रदर्शन गरिएको थियो भने जुन ७ मा बे एरियाको कन्कर्डमा प्रदर्शन हुदैछ ।

आफ्नो चलचित्रले समाजको यथार्थ विषयलाई उजागर गरेको उल्लेख गर्दै निर्देशक थापाले बे एरियाका अग्रज ब्यक्तित्वहरुप्रति आभार प्रकट गर्दै यसवाट आफू उत्साहित भएको बताए । फिल्ममा श्रृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङ लगायतका कलाकारको आभिनय रहेको छ भने सौगात मल्ल र निर्देशक थापाको संयुक्त लगानीमा बनेको हो ।

यो फिल्मले फ्रान्सको कान्समा आयोजित फिल्म फेष्टिवलमा उत्कृष्ट फिल्म, निर्देशन र अभिनेत्रीको अवार्ड जितेको थियो । त्यस्तै कोरियाको बुसान फिल्म फेस्टिवलबाट पटकथा लेखनमा ग्राण्ट पाएको थियो   भने निफमा जुरी अवार्ड जितेको थियो । यो फिल्म नेपालमा पुनं प्रदर्शनको तयारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर