रचना रिमालको ‘मायाकै पिर’को चर्चा — OSNepal

रचना रिमालको ‘मायाकै पिर’को चर्चा

LC (KTM) June 06, 2023 0

काठमाडौं । रमेश पाठक र रचना रिमालको स्वरमा रहेको गीत ‘मायाकै पिर’ सार्वजनिक भएको छ । रमेश पाठककै शब्द, सङ्गीत, नारायण दङ्गालले सङ्गीत संयोजन र प्रदिप जोशीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीत तथा भिडिओसँग सम्बन्धित कलाकार एवम् प्राविधिकहरूको उपस्थितिमा अनामनगरस्थित वेभ स्टुडियोमा आयोजित अनौपचारिक कार्यक्रम पछि गीतको भिडिओ सार्वजनिक गरिएको थियो । गीत वेभ स्टुडियोका प्राविधिक समिर कार्कीले रेकर्ड गर्नुभएको हो ।

कृष्ण रसालको निर्देशनरकोरियोग्राफी रहेको गीतको भिडियोमा शिला गजुरेल र साजन नेपालको अभिनय छ । भिडियोलाई योगेश दाहालले छायांकन गर्नुभएको भिडियोमा दिन्शन शाहको सम्पादन एवम् कलर रहेको छ । गीतमा एक अर्कालाई अगाध माया गर्ने जोडीका प्रेमिल भावहरू व्यक्त भएका छन् ।

असीमित प्रेम र समर्पणले भरिएको यस गीतमा आफूले हृदयबाट प्रेम गरेको मान्छे जीवनका हरेक पलमा कसरी छाएको हुन्छ भन्ने यथार्थपरक भाव सुन्न सकिन्छ । गायक पाठकको केही समयअघि ‘तिमी नै तिमी’ बोलको गीतको भिडिओ सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर