फिल्म ‘आरआरआर’को अन्तर्राष्ट्रिय सफलतापछि प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर — OSNepal

फिल्म ‘आरआरआर’को अन्तर्राष्ट्रिय सफलतापछि प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर

LC (KTM) June 07, 2023 0

मुम्बई, २४ जेठ । फिल्म ‘आरआरआर’को अन्तर्राष्ट्रिय सफलतापछि अभिनेता जुनियर एनटिआरका हातमा धेरै फिल्म छन् । अहिले एनटिआर फिल्म ‘देवारा’को सुटिङमा व्यस्त छन् । जहाँ उनको अपोजिटमा बलिउड अभिनेत्री जान्हवी कपूर छिन् । फिल्ममा अभिनेता सैफ अली खान खलपात्रको रुपमा देखिँदैछन् । उनको यो तेलुगू डेब्यू हो ।

जुनियर एनटिआर चाँडै नै फिल्म ‘केजीएफ’ सिरिजका निर्देशक प्रशान्त निलको फिल्ममा देखिँदैछन् । एक्सन फ्लेभरको फिल्मको कथा भारत र पाकिस्तानको युद्धको पृष्ठभूमिमा आधारित हुनेछ ।

फिल्ममा बलिउड अभिनेत्री प्रियंका चोपडा जोनास जुनियर एनटिआरको अपोजिटमा हुनेछिन् । फिल्मका लागि दीपिका पादुकोण र म्रुनल ठाकुरको चर्चा चले पनि प्रियंका फाइनल भएकी हुन् ।

जुनियर एनटिआर अभिनेता ऋतिक रोशनका साथ ‘वार २’मा देखिँदैछन् । फिल्ममा अयान मुखर्जीको निर्देशन रहनेछ । फिल्ममा जुनियर भिलेनका रुपमा देखिँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर