मासिक १ लाख तलबमा दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने देवी कार्की समातिइन — OSNepal

मासिक १ लाख तलबमा दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने देवी कार्की समातिइन

LC (KTM) June 07, 2023 0

काठमाडौं, २४ जेठ । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका(१० घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका(८ बस्ने ४५ वर्षीया मुना देवी कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले वैदेशिक रोजगारको लागि दुबई पठाई बाइक राईडरमा मासिक १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटकपटक गरी ४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(११ बबरमहलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर